कर्णाली सरकारले विद्यार्थीलाई छात्रवृत्ति दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थीहरू लागि ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । चैत ९ गते बुधबार बसेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो ।

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहने कर्णालीका विद्यार्थीहरूले विभिन्न ८ प्रकारका छात्रवृत्ति पाउने भएका प्रदेश सरकारले जनाएको छ ।

सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीमा एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेपछि विद्यार्थीहरूले छात्रवृत्ति पाउने जानकारी दिए । विष्टका अनुसार उक्त कार्यविधिबाट उच्च शिक्षा पढ्न चाहने जेहेन्दार विद्यार्थीहरूका लागि धेरै सहज वातावरण मिल्ने छ ।

उक्त छात्रवृत्तिमा प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति रहेका छन् । उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति रहेका छन् ।

यस्तै, मुुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा सर्त सम्वन्धि ऐन २०७५ लाई संशोधन गर्न बनेको विद्येयक कर्णाली प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गर्ने समेत निर्णय भएको प्रवक्ता विष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया