कर्णालीमा म्यादीको दरवन्दी साढे सात हजार, आवेदन २१ हजारले भरे

सुर्खेत । बेरोजगारीको कारण सयौं युवाहरु कामको खोजीमा छन् । युवा लक्षित कार्यक्रम सरकारले हरेक वर्ष ल्याउने गरेपनि पहुँच बाहिर छन् । बेरोजगारीको चरम संकटले आगामी स्थानीय तहको निर्वाचनका लागि आह्वान गरिएको म्यादी प्रहरीको दरवन्दीमा कोटाभन्दा धेरै युवाहरुले आवेदन भरेका छन् ।


कर्णालीका १० जिल्लामा झण्डै साढे सातहजार म्यादी प्रहरीका लागि आह्वान गरिएको हो । तर कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् । कर्णालीमा म्यादी प्रहरीको कोटा सात हजार ७१३ जना हो । १० जिल्लामध्य सुर्खेतमा सबैभन्दा धेरैले आवेदन दिएका छन् । सुर्खेतमा म्यादीको कुल दरवन्दी एक हजार २६१ जना हो । तर आवेदन भने पाँच हजार १७२ जनाले दिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो संख्यामा पुरुष चार हजार ११३ र महिला एक हजार ५९ जना हो ।

तपाईको प्रतिक्रिया