खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि अभियान

सुर्खेत । नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले खानेपानी, सरसफाइ र स्वच्छताको विषय देशैभरि पुर्याउने अभियान थालिएको बताए । युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका संघद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित तीन दिने ‘खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय’ घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा कार्यकारी निर्देशक देवकोटाले अभियान अगाडि बढेको जानकारी दिए ।

सहरी क्षेत्रमा खानेपानी सरसफाइ तथा स्वच्छता अभियानलाई संस्थागत गर्ने हेतुले एकल अधिकार कार्यान्वयन गर्ने सवालमा नगरपालिकाहरुले जुन प्रकारको व्यवस्थापन गर्नुपर्ने हो त्यो व्यवस्थापन पूर्णरुपमा भइनसकेको अवस्थामा सहयोग पु¥याउने यो कार्यक्रम अगाडि बढाईएको बताए । यसलाई सुशाासनसँग जोडेर नगरपालिकाबाट व्यवस्थित गर्ने पहल भइरहेको भन्दै उनले खानेपानी सरसफाइलाई प्राविधिक विषयका रुपमा लिईएको बताए ।

युनिसेफलगायतका साझेदार संस्थाहरुले गरेको सहयोगलाई अँझ बढी कसरी व्यवस्थित गर्ने र त्यसलाई नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रममा भित्रै राखेर जनतालाई दिने सेवाका हिसाबमा प्राथमिकता दिने हिसाबले सहजीकरण गरिएको हो । आफ्ना करदातालाई खानेपानी र स्वच्छता सम्बीन्ध प्रत्याभूति दिलाउन अहिले यो कार्यक्रम कर्णालीमा वीरेन्द्रनगरमा गरिएको हो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सूदुरपश्चिम प्रदेशका दशरथचन्द, पुर्चौडी, कमलबजार, बडीमालिका र त्रिवेणी तथा कर्णाली प्रदेशका खाडाचक्र, रास्कोट, छायाँनाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ सम्पर्क व्यक्ति, स्वास्थ्य संयोजक, स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधिहरु गरी ३१ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया