पछिल्लो समय सुर्खेत उद्योग वाणिज्य संघमा आन्तरिक किचलो बढ्दै गएको छ । संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनसँगै सदस्यता नविकरणको विषयलाई लिएर विवाद उत्पन्न भएको हो । गत माघ महिनादेखि शुरू भएको वाणिज्य संघ भित्रको विवाद चैत २६ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुने भनेपछि झन चर्किएको छ । महासंघको विधान अनुरूप खारेजीमा परेका तर, खारेजीमा परेका सदस्यहरूले विद्यान संशोधन भएर पनि सदस्यता नविकरण गर्न पाउँनु पर्ने माग राख्दै चुनाव गर्न नदिने रणनीतिका साथ संघमा दुइ साता अघिदेखि नै ताला लागेको छ । खारेजीमा परेका व्यवसायी सदस्यहरूले आफूहरूले कोभिड–१९ महामारीको प्रभावका कारणले महांसंघको सदस्यता नविकरण गर्न नपाएको बताउँदै आइरहेका छन् । नेपाली काँग्रेसको शेखर कोइराला समूह, नेकपा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति भइसकेको छ । सुर्खेत उद्योग वाणिज्य संघको आगामी निर्वाचन, विवाद र विवाद समाधानका उपायबारेमा नेपालीरैबारकर्मीले महासचिव लक्ष्मण कंडेलसँग कुराकानी गरेक छन् । प्रस्तुत छ सोही कुराकानीकाे सारसंक्षेप :-
विधान विपरित निर्वाचन गर्न लाग्नु भएको आरोप तपाईकै कार्यसमितिका पदाधिकारीले लगाइरहेका छन्, विधान किन मिच्न खोज्दै हुनुहुन्छ ?
हामीले सामान्यतया विधानअनुसार नै निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हौं । हामीले निर्वाचन गर्ने तयारी तीव्र रुपमा गरिरहँदा सुर्खेत उद्योग वाणिज्य संघको जब–जब निर्वाचनको प्रकृया अगाडि बढ्छ निर्वाचनको क्रममा केही निर्वाचनलाई नचाहने तत्वले निर्वाचनलाई बिथोल्न खोजिरहेका छन् ।
यस पटकको सुर्खेत उद्योग वाणिज्य संघको चुनावमा कतै हार व्यहोर्नु पर्छ कि भनेर त्यस्ता तत्वहरूले विभिन्न खालका बखेडा निकालेपछि यो विवाद उत्पन्न भएको हो । यो विवाद निकालिनु सरासर संगठनको नीति तथा विधान विपरित छ भन्ने मेरो बुझाई हो । कुनै पनि संघ संस्थालाई लोकतान्त्रिक परिपाटी अन्तर्गत सञ्चालन गर्नुपर्ने हुन्छ । सोही आधारमा हामीले लोकतन्त्रको मूल्य र मान्यता अनुसार अघि बढिरहेका छौं । संस्थालाई लोकतान्त्रिक रुपमा सञ्चालन हुन नदिईनु, चुनावी प्रक्रियालाई प्रभावित पार्न न्वारान देखिको बल लगाउनु भनेको गलत हो ।
तपाईंले भने अनुसारको तत्व कुन हो ? विवाद समाधानको उपाय के हो त ?
संस्था भनेको विधि विधान र पद्धतिमा रहेर चल्ने हो । संस्था चल्दै गर्दा हामीले पनि विधि र विधानमा टेकेर संस्था चलाईरहेका छौं । कसैले हामीलाई विधि विधान विपरित दवाव दिएर तपाईंले यो काम गर्नु पर्छ, यो काम गर्नुस्, त्यो काम गर्नु हुन्न भन्ने अनि हामी उद्योग वाणिज्य संघमा ताला लगाउछौं, निर्वाचन हुन दिदैनौं भनेर विवाद झिक्छन् भने त्यो विवाद कसरी मिल्छ ?
संस्थामा विवाद आईसकेपछि संस्था दुई तरिकाबाट चल्छ । एउटा विधानअनुसार अर्को कार्यसमितिको बहुमत अनुसार हामी विधान सम्बत पनि छौं र हामीसँग बहुमत पनि छ । दुईवटै भइसके पछाडि सर्वसहमतिमा जाने हो भने सर्वसहमतिमै पहल गर्ने हो । मान्न सकिने कुरा हामी मान्न तयार छौं । तर, विधान मिचेर यो गर्नुस् त्यो गर्नुहोस् भन्दै समस्या निकाल्ने, बखेडा झिक्दै विद्यान विपरित काम गरे त कसरी विवाद मिल्न सक्छ त ?
विवाद हाम्रो सहमतिमा आउनु पर्यो अनि मात्रै मिल्छ । संस्था चलाउनको लागि विधानमा जे व्यवस्था गरिएको छ त्यहीँअनुसार अगाडि बढे कुनै पनि विवाद आउँदैनन् यसमा कसैको पनि समस्या छैन् । जब विधानलाई मिच्न खोजिन्छ, विधान विपरित जान खोजिन्छ अनि मात्र विवाद आउँछ । यो विधान मान्न नखोज्नेहरुको विवाद हो । अनाआवश्यक विवाद सिर्जना गरि संघलाई ताला लगाउँने विभिन्न विवादमा ल्याउने र चुनाव हुन नदिनेहरू संगठन भित्रका भगौडा हुन् ।
विवादकैबीच निर्वाचनको मिति घोषणा भई सकेको सन्दर्भमा अब कसरी अगाडि बढ्नु हुन्छ ?
सुर्खेत उद्योग वाणिज्य संघ चुनावमा होमिसक्यो । निर्वाचनमा हामीले सुर्खेत उद्योग वाणिज्य संघलाई पटक पटक भन्ने गरेका छौं । सुर्खेत उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संगठन हो । सुर्खेत वाणिज्य संघमा सबै व्यवसायीको अपनत्व हुनुपर्छ । व्यवसायी हकहितका निमित्तका लागि संघले काम गर्नुपर्छ र सर्वपक्षिय छाता संगठन सुर्खेत उद्योग वाणिज्य संघ हुन पर्दछ भनेर यस हिसाबले हामी अगाडि बढेका छौं ।
सबै व्यवसायीलाई समेटेर हामी निर्वाचनको पक्रियामा जाँदै छौं । निर्वाचनको तिथि मिति घोषणा भई सकेको छ, चैत २६ गते । व्यवसायी साथीहरुले जुन नेतृत्व चुन्नु हुन्छ त्यही नेतृत्व आउँछ र त्यसलाई हामी सबैले स्वीकार्नु पर्दछ । त्यस पछाडि सुर्खेत उद्योग वाणिज्य संघमा जुन अहिलेको विवाद छ त्यो स्वतः निष्कृय भएर जान्छ । संस्था चै नयाँ आउने कार्यसमितिका साथीहरुले अगाडि बढाएर चलाउनु हुन्छ । यहीँ नै भोलीको प्रकृया हो ।
संघको कार्यालयमा लागेको ताला खोल्न तपाईहरु असफल नै हुनुभयो भन्दा हुन्छ ?
सुन्नुहोस् न ! हामीले संघमा लागेको ताला अहिले पनि खोल्न सक्थ्यौं । हामी मुठभेटमा जान चाहदैनौं । सुर्खेत उद्योग वाणिज्य संघको चुनाव गर्नका निमित्त लागेको ताला खोल्न पर्दैन हामी बाहिरबाट पनि चुनाव गर्न सक्छौं । किन भन्दा हामीले सुर्खेत उद्योग वाणिज्य संघका मतदाता नामावाली, मतदाता परिचय–पत्र लगायत आवश्यक डकुमेन्ट संघको वेवसाइटमा व्यवस्थित छ । निर्वाचनका लागि हामीले बाहिरै निर्वाचन सचिवालय खडा गरेर त्यहाँबाट निर्वाचन गर्न सक्छौं । निर्वाचन पछि जुन साथीहरु निर्वाचित भएर आउनु हुन्छ उहाँहरुले संस्थाको ताला खोल्नु हुन्छ र संस्थालाई स्वस्फुर्तरूपमा अगाडि लैजानु हुन्छ । यसमा कुनै दुइ मत छैन ।
मनलाग्दी सदस्यता थप्नेदेखि आफ्ना विरोधीहरुको सदस्यता खारेज गर्नु भयो भन्ने आरोप छ नी ?
सुर्खेत उद्योग वाणिज्य संघको विधानमा तपाईको यो भन्दा अगाडिको कार्यसमितिले जो प्रकाश अधिकारीज्यू पूर्व अध्यक्ष जो अहिले निवर्तमान अध्यक्ष हुनुहुन्छ उहाँको कार्यकालमा संस्थामा तपाईको व्यवसायीहरु स्वस्फुर्तरुपमा नविकरण गर्न आउनका लागि विधानमा एउटा व्यवस्था गरिएको छ । त्यसमा के छ भने, संस्थाको सदस्यता लिईसकेपछि तीन सय ६५ दिन पुगेका साथीहरुले मतदानमा भाग लिन तथा उम्मेदवारी दिन पाउने व्यवस्था छ । र उहाँहरु भनेको संस्थाको म्याचुरेट सदस्य हो । यो एउटा पाटो हो भने, अर्को पाटो भनेको संस्थामा लगातार दुई वर्षसम्म संस्थाको सदस्यता नविकरण नगरेका साथीभाईको स्वतः सदस्यता खारेज हुन्छ भनेर विधानमा व्यवस्था गरेको छ ।
अहिले त्यही विधानको कार्यान्वयनको प्रकृयामा आइराखेको छ । अहिले त्यो विधान कार्यान्वयनको स्थितीमा समस्या आएको हो । अब यो विधानले व्यवस्था गरेको कुरालाई हामीले कसरी विधानभन्दा बाहिर गएर काम गर्न सक्छौं र अर्को कुरा यहाँहरुले कुरा उठाउन सक्नुहुन्छ त्यो केहो भने, विधानलाई व्यवस्थित बनाउँन विशेष साधारणसभा पनि त गर्न सकिन्छ होला भन्ने अर्को प्रश्न ।
मैले यहाँहरुलाई के भन्छु भने, हामीले गएको मंसिरमा साधारणसभा गरेका थियौं । त्यो साधारणसभा हुनु भन्दा अगाडि संस्थाको विधानलाई २१ औं शताब्धि अनुकुल लैजानु पर्दछ । विधान समय अनुरुप परिवर्तन हुनुपर्छ र व्यवसायीमुखी हुनु पर्दछ भन्ने उद्देश्यले संस्थामा हामीले विधान संसोधन समिति बनाएका थियौं । विधान संसोधन समितिको अध्यक्ष संस्थाको वरिष्ठ उपाध्यक्ष आदरणीय व्यक्तित्व हर्ष विक्रम खड्का ज्यू संयोजक हुनुहुन्थ्यो सदस्य म पनि थिए । र भद्र भण्डारी पनि सदस्य हुनुहुन्थ्यो । हामीले विद्यान पुर्न
लेखन ग¥यौ ।
तर, त्यति बेलाको त्यो विद्यानमा जुन व्यवस्थापन छ त्यसका बारे मैले त्यति बेलै भनेको कि यो विद्यानमा व्यवस्था भएअनुसार दुईवर्षसम्म सदस्यता नविकरण नगरेका साथीहरु स्वतः निष्कृय हुने व्यवस्थापन हुने छ यो व्यवस्थापनले हाम्रा धेरै व्यवसायी साथीहरुको सदस्यता खारेज हुन्छ । जसले व्यवसायी साथीहरु संघबाट अलग हुने अवस्था आउन सक्छ । यस्तो प्रावधानलाई विधानमा परिवर्तन गर्नुपर्छ कि भनेर भनेको पनि थिए । तर, संयोजकज्यूले हुँदैन् भन्नु भयो ।
भनेपछि विधान संसोधन समितिको अध्यक्ष समेत रहेका संस्थाका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले विद्यान परिवर्तन गर्न मान्नु भएन् भन्न खोज्नु भा हो ?
मैल संस्थालाई व्यवस्थित चलाउनका निमित्त संस्थामा स्वस्फुर्तरुपमा व्यवसायी साथीहरु नविकरण गर्न आउने वातावरण बनाउनका लागि विधानमा यो बुँदा राखिएको हो । त्यसैले यो बुँदालाई यथा स्थानमै राख्नु पर्दछ भनेर उहाँले बोलेको अवस्था हो । त्यसकारण यो व्यवस्था त्यही अवस्थामा रहन पुग्यो । तत्कालिन अवस्थामा संसोधन गरेको भए अहिले यो अवस्था आउने थिएन् ।
६ महिना अर्थात मंसिरमा विधान संसोधन गर्ने संसोधनको परिदृश्यमा यो बुँदालाई संसोधनमा नहाल्ने अनि अहिले आएर अनावश्यक बखेडा निकालेर यही कारणले हाम्रा थुप्रै साथीहरु बाहिर पर्नु भो भनेर भन्न मिल्छ त ? कोभिडका कारणले नविकरणमा समस्या आयो भनेर भनिएको छ ।
हामीले पनि कोभिडका कारण व्यवसायी साथीहरु मर्कामा परे, व्यवसायी साथीका फर्महरु नविकरणमा लाग्ने हर्जना शुल्क छुट दिनु पर्दछ भनेर वर्तमान कार्यसमितिले बहुमतमा पारित गरेको स्थिति हो । त्यो बेला साथीभाईहरुले किन यही विधानमा टेकेर यो बुँदा संसोधन गरौं । यो व्यवस्थालाई संसोधन गरेर हाम्रा बाहिर जाने साथीहरुलाई भित्र ल्याउँ भनेर किन बोल्न सक्नु भएन ? किन राख्नु भएन त्यो कुरा ?
त्यो कुरा त्यति बेलै राखेको भए जबसम्म यो पास हुँदैन तवसम्म जरिवाना र हर्जनामा छुट दिने व्यवस्था नगरौं एकैचोटी दुईवटैलाई पास गरौं भनेको भए त्यतिबेलै समस्या सामाधन हुन्थ्यो होला नि ? यस पछाडि उहाँ विधान संसोधनको संयोजक हुनुहुन्थ्यो । हामीले कोभिडका कारण मारमा परेका व्यवसायी साथीहरुलाई नविकरणमा छुट दिदै गर्दा त्यसपछाडि पनि विधान संसोधन भएको छ । त्यतिबेला पनि त उहाँहरुले त्यो प्रस्ताव ल्याउन सक्नुहुन्थ्यो ।
म उहाँहरुलाई के भन्न चाहन्छु भने उहाँले आफू विधान संसोधन समितिको संयोजक बन्दै गर्दा हामीले राखेको यो बुँदाले हाम्रा यति व्यवसायीहरु बहिर जाँदै छन् भन्ने कुराको सुनुवाई नगर्ने अनि पछि आएर हाम्रा साथिहरु मर्कामा पुर्न भो भन्ने कुरा राख्नु भाछ हो हाम्रा व्यवसायी साथीहरु बाहिर निस्कदा महासचिवको हैसियतले मलाई पनि दु:ख लागेको छ । तर, संस्थाले सदस्यता खारेज गर्दै गर्दा विभिन्न माध्ययमबाट व्यवसायीहरुलाई जानकारी गराइएको छ । माइकिङ्ग गरिएको छ । विभिन्न सञ्चार माध्ययमबाट सूचना प्रकाशन भएका छन् । घरदैलो कार्यक्रम गरिएको छ ।
विभिन्न फलोअप गरिएको छ । त्यतिबेला व्यवसायी साथीहरुले हेलचेक्राई गर्ने अनि अहिले आएर सदस्यता खारेज भो भनेर नानाभाती बखेडा झिकेर संघलाई बन्धक बनाउँन मिल्छ ? यसरी व्यवसायीको हकहितका लागि लड्ने संस्थालाई केही अवान्छित तत्वबाट आक्रमण भइरहेको छ । यो सरासर गलत छ । आउनुस् अझै केही विग्रिएको छैन । विधि विधानमा रहेर सहमतिमै अगाडि बढ्औं । विधानले निर्देशित गरेका सबै खाले सम्झौताहरु नेतृत्वले मान्न तयार छ । सहमतिमै तोकिएको समयमा चुनाव गरौं हामी व्यवसायीहरुको छाता संगठनलाई अगाडि बढाउनुको विकल्प छैन ।
अब प्रसंग बदलौं, तपाई हाल महासचिव भइरहँदा अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ भन्ने हल्ला चलेको छ, हल्लामा कत्तिको सत्यता छ ?
हो । यस पटकको निर्वाचानमा मेरो पनि अध्यक्ष पदमा उम्मेदवारी रहेको छ । म विगतदेखि साधारण सदस्यहुँदै कार्यसमिति सदस्यबाट महासचिवसम्म आएको छु । अब मैले पनि संघको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ त्यसैले सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवार हुँ । र मलाई विश्वास पनि छ सुर्खेतका व्यापारीक साथीहरूको हकहितका लागि विगतदेखि नै लागि परेको छु । सबैले मलाई विश्वास पनि गर्छन् । त्यसैले पनि मैले भोट पाउँछु र अध्यक्षमा चुनाव जित्छु भन्नेमा विश्वस्त छु ।
नेपालीरैबार । २०७८ चैत्र १५, मंगलवार