अवैध कुर्ता, सुरूवाल बरामद

सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा ल्याउँदै गरेको कुर्ता सुरुवाल बरामद गरको छ । मंगलवार चेकजाँचाका क्रममा सुब्बाकुना प्रहरीले करिब एकलाख दश हजार बराबरको ८ पिस कुर्ता सुरुवाल बरामद गरेको हो ।

नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा ४ ख ४२२२ नम्बरको फोर्स गाडिमा ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको कपडा बरामद भएको हो । अवैध रुपमा ल्याईएको बेबारीसे रूपमा ल्याएको भन्दै प्रहरीले बरामद गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया