वीरेन्द्रनगरका विभिन्न ठाउँमा यात्रु विश्रामस्थल निर्माण

सुर्खेत । पैदल र सवारीहरुको प्रतिक्षामा बस्ने नागरिकहरुका लागि विश्रामस्थल निर्माण गरिएको छ । लामो तथा छोटो दुरीको यात्रामा निस्कने यात्रुहरु र पैदलयात्रीका लागि विश्राम गर्न सहज होस भन्ने हेतुले वीरेन्द्रनगर नगरका विभिन्न ठाउँ विश्रामस्थल निर्माण गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको आवश्यकताका आधारमा नगरका २० ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ । नगरपालिका र युएसएआडी तयार नेपालको आर्थिक सहयोग तथा अन्तर निर्भर समाजको समन्वयमा वीरेन्द्रनगरका वडा नम्बर ६, ७ र ८ मा विश्रामस्थल निर्माण पश्चात सञ्चालनरत छन् ।

वीरेन्द्रनगरको मंगलगढी, आँखा अस्पताल अघि, घण्टाघर चौक, खुलामञ्चको दक्षिण लगायतका ठाउँमा विश्रामस्थल निर्माण गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी व्यवस्थापक विवेक शाहीले जानकारी दिए । उनकाअनुसार प्रति विश्रामस्थलको लागत झण्डै ४७ हजार छ ।

सफा र सुन्दर नगर बनाउने उदेश्यले नगरपालिकाको आग्रहमा अन्तरनिर्भर समाजले नगरका एकसय ठाउँहरुमा तीन सय फोहोर राख्ने प्लाष्टिकका बाल्टिन (डस्विन) राख्न लागेको छ । एक ठाउँमा तीन प्रकारका डस्विनहरु राख्न नगरपालिकाले ठाउँ तोकेकाले पहिलो चरणमा १५ ठाउँमा ४५ ओटा डस्विन राख्न लागेको कार्यकारी व्यवस्थापक शाहीले बताए । हरित नगर बनाउन नगरपालिकाको सहयोगमा वीरेन्द्रनगर तीन वडामा फुल फुल्ने र फल लाग्ने एक हजार प्रजातिका विरुवाहरु पनि राप्ने गृहकार्य भएको उनले बताए ।

तपाईको प्रतिक्रिया