वीरेन्द्रनगरबाट लागूऔषधसहित एक पक्राउ

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान ११ बजेको वीरेन्द्रागर–१० बसपार्क नजिक रहेको एक होटलबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त होटल अगाडी संकास्पद रुपमा बसिरहेको अवस्थामा बराहताल गाँउपालिका–१० ओदालताल २४ वर्षीय मुकेश सिजालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयल सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा मुकेशको साथबाट एक पुडिया लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १२० मि.लि.ग्राम बरामद गरेको छ । हाल प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिई थप अनुसन्धा गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया