भेरीगंगाबाट काठसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–२ लेखपराजुल जब्दीबाट चिरान काठ सहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सव डिभिजन वन कार्यालय छिन्चुबाट खटिएको टोली विहिबार दिउँसो २ बजेको समयमा उनलाई पक्राउ गरेको हो ।

स्थानिय डम्मरबहादुर कामिले घरमा अवैध सालको काठ लुकाई छिपाई राखिएको गोप्य सुचनाको आधारमा सव डिभिजन वन कार्यालय छिन्चुबाट रेन्जर भोजप्रसाद उपाध्यायको कमाण्ड गएको टोलीले १७ दशमलव ९६ फिट सालको चिरान काठसहित कामीलाई पक्राउ गरेको छ ।

कामीलाई सशस्त्र वन सुरक्षा शाखा काँक्रेविहारमा राखि अनुसन्धान थालिएको छ भने बरामद गरिएको काठ सव डिभिजन वन कार्यालय छिन्चुमा राखिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया