हुम्लामा आगलागीहुँदा एक कराेडकाे क्षती

हुम्ला । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ४ मा रहेको याल्वाङमा आगलागी हुँदा दुई कोठा जलेर नष्ट भएको छ । वडा नम्बर चारका छिरिङ पाल्जोर तामाङको पसल सहित होटेल रहेको एक तलाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको हाे ।

आज दिउँसो काठको टहराको दुई कोठा जलेर नष्ट हुँदा १ करोड २५ लाख बराबरको क्षेति भएको याल्वाङ प्रहरी चौकीले जानकारी दिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । पालिका केन्द्र याल्वाङमा तामाङले लामो समयदेखि पसल तथा होटेल व्यवसाय गर्दै आएको भएपनि आज पुरै जलेर नष्ट भएको हो ।

पसलमा भएका खाद्यान्न, लत्ता, कपडा, दैनिक उपभोग्य लगायतका वस्तु सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । घुम्तिमा रहेको घर अर्थात टहरा भएकाले नियन्त्रणमा आउन नसकेर पुरै जलेर नष्ट भएको हो ।

तपाईको प्रतिक्रिया