दैलेखमा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकको मृत्यु

सुर्खेत । कर्णाली राजमार्ग अन्तरगत दैलेखको गुरासँ गाउँपालिका–२ केराबारीमा माेटरसाइक र बस दुर्घटना भएको छ । शुक्रबार बिहान साढे ११ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दैलेखको कुसापानीबाट सुर्खेततिर छुटेको ना ४ च ख ६८५४ नम्बरको बस र सोही दिशा तर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ प ७४५९ नम्बरको मोटरसाइकले बसलाई ओभर ट्याक गर्दा बसले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त दुर्घटनामा माेटरसाइक सवार वीरेन्द्रनगर नगरपालिका–१२ का २६ वर्षीय खगेन्द्र विक घाइते भएका र उनको उपचारको लागि वीरेन्द्रनगर सुर्खेत ल्याएर वीरेन्द्रनगरमा रहेको माया नर्सिङ्ग होममा पु¥याएर चेकजाँच गर्दा माया नर्सिङ्ग होमले मृत घोषणा गरेको जनाएको छ ।

हाल बस र बसचालकलाई बड्डिचौर प्रहरीले नियन्त्रणमा राखेको प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया