वीरेन्द्रनगरको विकास : नाला बुझिएपछि सडकमै पोखरी

स्थानीयद्धारा बाटो बन्द

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ सुर्खेतमा रहेको सडकको नाला बुझिएपछि पोखरी बनेको छ । सडकमै पोखरी बनेपछि स्थानीयले उक्त बाटो बन्द गरेर सवारी साधान आवजजावतमा रोक लगाएका छन् ।

वीरेन्द्रननगरको मुटुको रूपमा ६ नम्बरको बजारलाई लिने गरिन्छ । उक्त वडाको मुख्य बजार जुम्लारोड अर्थात बजार सोरुम अगाडीदेखि सनिहल लाईन जाने सडक स्थानीयले बन्द गरेका हुन् ।

स्थानीय जीतेन्द्र थापाले विगत लामो समयदेखि नै वडा तथा नगरपालिकालाई बारम्बार नालाको पानीलाई निकाष गरिदिन अनुरोध गर्दा पनि उक्त मागको सुनुवाई नभएपछि बाटो बन्द गर्नु परेकाे बताए ।

उनले नेपालीरैबारसँग भने, ‘हामीले विगतदेखि नै नाला बुझिएर नालाको फोहोर पानी सडकमा आयों, यसको निकाष गरि पाउँ भनेर समय–समयमा वडा तथा नगरपालिकालाई अनुरोध ग¥यौं तर, कुनै सुनुवाई नभएपछि आज बाटो बन्द गर्न पुगेका हौँ, यो कुनै सवारी साधनलाई दुःख होस भनेर हैन्, सरकारलाई घचघच्चाउँनको लागि हो ।’

यस्तै, स्थानीयले वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेल यहीँ बाटो भएर दिनदिनै हिँडेपनि सडकमा भएको समस्याको कुनै चाँसो नदिपछि बाटो बन्द गर्न बाध्य भएको बताएका छन् ।

उक्त सडक आइतबार बिहान ८ बजेदेखि बन्द रहेको छ भने विद्युतको लाइन विस्तारको लागि गाड्न राखिएका पोल सडकमा लगाए बन्द गरिएको छ । अहिले वडा कार्यालयबाट कर्मचारी खटाए नालामा जम्मा भएको फोहोर सडकमा निकाल्ने काम भइरहेकाे छ ।

वडा अध्यक्ष भन्छन्–‘होम पाइप बुझिएपछि सडकमा पानी भरियो’

यता वडा अध्यक्ष मोतिप्रसाद कँडेले पानी निकास हुने ठाउँमा राखिएको होम पाईप बुझिएका कारण पानी नालाको पानी सडमा आएको बताए । ‘हामीले हेरेरै विकास निर्माण गरेको हो, अब व्यपारी तथा स्थानीयहरूले फोहोर जति सबै नालामा हालेपछि बुझिएर पानी सडकमा आएको मात्रै हो अहिले नाला सफा गर्ने काम भईरहेको छ ।’ अध्यक्ष कँडेलले नेपालीरैबारलाई भने ।

यस्तै कँडेलले बोइलर कुकुरा काटेर भुत्ला जति बोरामा खारेर नालामा हालेका कारण नाला बुझिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया