कर्णाली नदीमा मिनीबस खस्यो, एक बेपत्ता

सुर्खेत । कालिकोटमा मिनि बस कर्णाली नदीमा खसेको छ । कर्णाली करीडोरको जितेगडा–कोल्टी सडक खण्डको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइचेचाङ–खोली बजारवीचमा दिउँसो साढे दुई बजेतिर मिनीबस नदीमा खसेको हो ।

बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन् । घटना थाहा पाए लगत्तै प्रहरी घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

दुर्घटनामा परेको सवारी चालक दैलेखकाे आठविकाेट नगरपालिका–२ का कृष्णबहादुर शाही पौडी खेलेर बाचेका छन् ।

यस्तै, सह-चालक कालीकाेट रास्काेट नगरपालिका वडा नम्बर १ का १९ बर्षिया जीवन बहादुर शाहि नदिमा बेपत्ता भएका छन् । यात्रु पचाल झरना गाउँपालिका वडा नम्बर ८ कि १५ बर्षिया सलानि सार्की घाइते भएकि स्थानीय नेत्रराज बमले नेपालीरैबारलाई जानकारी दिए । घाइतेहरूकाे ढाड, टाउँको र हातमा चाेट लागेकाे छ भने बाेल्ने नसक्ने अवस्थामा रहेका छन् ।

नेत्रराजका अनुसार कर्णाली प्रदेश ०२ख०१६२ नम्बरकाे बस रहेको छ । जितेबाट पचालझरनाकै जारकोट जाँदै गरेको मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको स्थानीय बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया