वीरेन्द्रनगरमा गुडिरहेको स्कार्पियो अचानक खेतमा पुगेपछि…

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ मा गुडिरहेको स्कार्पियो अचानक खेतमा पुगेको छ । वीरेन्द्रनगर–१ रेडियो नेपाल नजिक दिउँसो १ बजेतिरको समयमा उक्त दुर्घटना भएको हो ।

यरीचोकबाट बाँगेसिमलतर्फ जाँदै गरेको उक्त स्कार्पियो सडकबाट करिब एकसय मिटर उडेर टाढा खेतमा पुगेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२००१ च ०३४८ नम्बरको स्कार्पियो रहेको छ । उक्त घटनाबाट कुनै मानवीय क्षती भने भएको छैन् । चालक नयाँ भएकोले उक्त स्कार्पियो दुर्घटनामा परेको प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया