रेडियो नेपाल सुर्खेतले मनायाे ७२ औं वार्षिक उत्सव

सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले रेडियो नेपालको ७२औं वार्षिक उत्सव विविध कार्यक्रमगरि मनाएको छ । प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले आइतबार प्रसारण केन्द्र परिसरमा आयोजना गरेर उत्सव मनाएको हो ।

उक्त कार्यमक्रममा बोल्र्दै कार्यालय प्रमुख निर्देशक गोपल थापाले समय सुहाउँदो नवीनतम् प्रविधिहरुको उपयोग गर्दै कर्णालीको कला, साहित्य, गीत, संगीत र संस्कृतिको संरक्षणमा रेडियो नेपाल जुटिरहेको बताए ।

प्रमुख थापाले अहिलेपनि निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय, भरपर्दो समाचार र सूचना प्रवाह रेडियो नेपालबाट मात्र हुने विश्वास आम नागरिकले लिएको दाबी गरे ।

यस्तै, प्रादेशिक प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत आनन्द पन्तले कर्णालीका गाउँबस्ती र दूर दराजसम्म आफ्नो प्रसारण पहुँच पु¥याएको रेडियो नेपालले आम नागरिकको अपेक्षा अनुरुपका कार्यक्रम र समाचार उत्दान गर्दै अघि बढिरहेको बताए । उनले भने, ‘रेडियो नेपालले देशभरका २६ रिले स्टेशनबाट २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्रशासकीय अधिकृत नविनप्रकाश शाक्यले रेडियो नेपालले कर्णालीका आम श्रोता अपेक्षा अनुरुपका कार्यक्रमहरु प्रसारण गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया