काठमाडौं । स्पेनिस लालिगा फुटबलमा सेभियालाई पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। आइतबार बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई ३ अंक दिलाउन १ मात्र गोल पर्याप्त भयो।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितमा पेड्रीले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले अग्रता बनाएको थियो।
घरेलु मैदानमा बल पकड बनाएपनि बार्सिलोना सेभियाविरुद्व गोलका लागि भने संघर्ष गर्नु परेको थियो। खेलमा गोलको डेडलक ७२ औं मिनेटमा बार्सिलोना तोड्न सफल भयो। पेड्रीले औसमान डेम्वेलेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण ३ अंक दिलाए।
जितसँगै बार्सिलोना २९ खेलबाट ५७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान ५७ अंक रहेपनि बार्सिलोनाले एट्लेटिको म्याड्रिड र सेभियालाई गोल अन्तरमा पछि पार्न सफल भयो। तर शिर्ष स्थानमा भने रियल म्याड्रिड ६९ अंकका साथ शिर्ष स्थानमा कायम छ। उ अझै १२ अंकले अघि रहेको छ।
एजेन्सी । २०७८ चैत्र २१, सोमबार