तीन विधयक संशाेधन गर्न पेश

सुर्खेत । कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको १७ औँ बैठकमा तीनवटा संशोधन विधेयक पेस भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले प्रदेश लोकसेवा आयोग ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८ पेस गरेका हुन ।

ऐनमा अस्पष्ट रहेका विषयलाई स्पष्ट गर्न र स्थानीय तहमा रिक्त पदमा पदपूर्ति गरी सेवा प्रवाह र विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक रहेकाले उक्त विधेयक संशोधन गर्न प्रदेश सभामा पेस गरिएको उनले जानकारी दिए । यस्तै उनले प्रदेश लोकसेवा आयोगका पदाधिकारीकाे पारिश्रमिक, सेवासर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७८ पेस गरेका छन् ।

यस्तै प्रशासकीय कार्यविधि नियमन गर्ने ऐन–२०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७८ पारित भएको छ । उक्त विधेयकमा कुनै पनि संशोधन नपरेपछि प्रदेश सभाको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको हो । यस्तै आर्थिक कार्यविधि दोस्रो संशोधन विधेयक–२०७८ मा संशोधनका लागि संशोधनको सूचना पेस गर्न ७२ घण्टाको समय दिइएको छ । उक्त विधेयकमाथि सामान्य छलफल भने भइसकेको छ

तपाईको प्रतिक्रिया