एमाले जिल्ला कमिटी समस्यले दलित भन्दै कुटेकाे आराेप

जाजरकाेट । यहाँको छेडागाडमा एक दलित युवक निर्घात कुटिएका छन् । नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्यले एवम् स्थानका सत्यनारायण गिरीले छेडागाड नगरपालिका–८ का लालबहादुर नेपालीलाई जातीय विभेदसम्बन्धी गाली गर्दै कुटपिट गरेकाे बताइएको छ । गिरी समूहबाट कुटिएका नेपालीको मुख, नाक र हातमा चोट लागेको स्थानीयले बताएका छन् ।

छेडागाड नगरपालिका–८ का वडाध्यक्ष लालबहादुर खत्रीले पीडित नेपाली र कुटपिट गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय बडावनले पक्राउ गरेर पनि एक घण्टापछि प्रहरी कार्यालयबाट छाडिएको जानकारए दिए । गाउँको घटना गाउँमै मिलापत्र हुने भन्दै उल्टै गिरीले प्रहरी कार्यालयबाट वडाध्यक्ष खत्रीलाई सम्पर्क गरी घटना मिलाउन दबाब दिएको जनाइएको छ ।

वडाध्यक्ष खत्रीले पनि गाउँको घटना सहमतिमै मिलाउन सकिन्छ भनेर उनीहरूलाई छुटाएका जानकारी दिए । जातीय आधारमा आफूमाथि पटक–पटक गाली र धम्की दिएको बताउँदै पीडित लालबहादुर नेपालीले आइतबार आफूलाई सुनियो जित ढङ्गबाट कुटपिट गरेकाे बताए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डीएसपी सन्तोष निराैलाले घटनाबारे जानकारी आएको र अनुसन्धानको प्रक्रियामा रहेको बताए । उजुरी आएपछि नियमानुसार कारबाही हुने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया