सल्यानमा जिप दुर्घटना हुँदा सह–चालकको मुत्यु

सल्यान । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१ दारिमचौरबाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका-१ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए ।

दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया