वीरेन्द्रनगरका पसलमा चोरी गर्दै हिडेका एक पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली वीरेन्द्रनगरका विभिन्न पसलह?मा चोरी गर्दै हिडेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रचौकको भित्रि गल्लीका विभिन्न पसलह?को ताला फोडी चोरी गरिरहेको अवस्थामा २८ वर्षीय हिमाल शाहीलाई प्रहरीले पक्राउ गरेको हो । शाही वीरेन्द्रनगर–३ मा बसोबास गर्दै आएको खुलेको छ ।


शाहीले चोरेको भारतीय र नेपाली नगदनसहित गरगहना समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । साथै, शाहीले चोरी गरेको सुनामा बच्चाले लगाउने चाँदकिो बाला सात थान, बरासेट एक थान, सिग्री चार थान, रुद्राक्षको बालामा चाँदी रादेको दुई पिसर रेडमी कम्पनीको मोबाईल र सटर तोड्न प्रयोग गरिने रट समेत बरामद भएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया