नीजि एयरलाइन्स पूर्वी नेपाल गएपछि हेलिकाेप्टरबाट खाद्यन्न ढुवानी

हुम्ला । जिल्लाकाे ग्रामिण भेगमा खाद्यान्नकाे अभाव बढेपछि हेलिकप्टरबाट खाद्यन्न ढुवानी गर्न शुरु गरिएकाे छ । नेपालगन्ज खाद्य डिपोको खाद्यन्न टिप्परबाट चंखेली गाउँपालिकाको सरिसल्लासम्म र त्यहाँबाट ट्याक्टरले सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाद्यन्न हेलिकाेप्टरले सिमकोटसम्म ढुवानी गरेको हो ।

नेपालगन्ज खाद्य डिपोबाट सीता एरलाइन्सले यसअघि हवाइ मार्गबाट सिमकोट ढुवानीका लागी जिम्मा लिएको खाध्यन्न सर्केगाडसम्म टिपरबाट ढुवानी गरी त्यहाँबाट हेलिकप्टरले सिमकोट पुर्याएको छ । हेलिकप्टरले दिनको करिव ४० क्वीन्टलभन्दा बढी ढुवानी गरिरहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले जनाएकाे छ । सीता एरलाइन्स यति बेला पर्यटक ओसार्न पुर्वतिर लागेपछि विकल्पमा हेलिकाेप्टरले सदरमुकाम सिमकोट डिपोका लागी खाद्यन्न ढुवानी गरिरहेको छ ।

हेलिकप्टरले एक फ्लाइडमा करिव पाँच क्वीन्टल खाद्यन्न ढुवानी गर्ने गरेको र दिनको आठ फ्लाइट गर्दा करिव ४० क्वीन्टल खाद्यन्न सिमकोट ढुवानी हुने गरेको छ । हुम्लामा प्राइभेट एरलाइन्सले उडान भर्न बन्द गरेपछि नेपाल सरकारको ढुवानीमा अनुदान दिँदै आएको खाद्यन्नसँगै बजारमा मासु, तरकारी लगायत निर्माण सामाग्रीको अभाव देखिएको छ ।

नेपाल एरलाईन्सले हुम्लाका लागी उडान भरे पनि दिन प्रतिदिन उक्त जहाजले हवाइ भाडा वृद्धि गर्दै गरेकाे स्थानीयकाे गुनासाे छ । यसअघि प्रति व्यक्ति १८ हजारमा नेपालगन्जबाट यात्रु ओसारको जहाजले मंगलबार २१ हजार प्रति व्यक्ति भाडा तोकेको स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया