सुर्खेतका तीन जना पत्रकार सम्मानित

सुर्खेत । विभिन्न सञ्चार माध्यममा कार्यरत तीन पत्रकारलाई नेपाल निजामति कर्मचारी संगठन कर्णाली प्रदेशले सम्मान गरेको छ । संगठनले आफ्नो प्रथम कर्णाली प्रदेश अधिवेशनको अवसर पारेर मंगलबार वीरेन्द्रनगरमा पत्रकार त्रिभुवन विसी, कोमल शाही र आकाशतारा बयकलाई सम्मान गरेको हो ।

निजामति कर्मचारीले भोग्नु परेका विभिन्न समस्यालाई उजागर गर्दै समाधानको बाटो समेत देखाएर सुशासनका लागि अधिकार सहितको ट्रेड यूनियनको पक्षमा कमल चलाए वापत तीनै जना पत्रकारलाई संगठनले सम्मान गरेको छ । उनीहरुलाई अधिवेशनका प्रमुख अथिति नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कँडेल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला र संगठनका कर्णाली प्रदेश ईन्चार्ज प्रयागराज शर्मा मार्फत सम्मान प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया