राजी महिला समाजकाे अध्यक्षमा बासमति राजी चयन

सुर्खेत । प्रादेशिक स्तरिय भेला तथा सम्मेलनले राजी महिला समाज केन्द्रिय समिति गठन गरेको छ । गत बर्ष मात्र बासमती राजीको अध्यक्षतामा तदर्थ समिति गठन गरिए पनि विभिन्न आर्थिक तथा जनशक्तीका कारण नसकेको समितिले बासमतीकै अध्यक्षतामा नाैं सदस्यीय केन्द्रिय कार्यसमिती चयन गरेको हाे ।

उपाध्यक्षमा पुष्पा रावत राजी, महासचिवमा मानकुमारी राजी, सहसचिवमा सावित्रा राजी, कोषाध्यक्ष विन्दु राजी चयन भएका छन् । सदस्यहरुमा पवित्रा राजी, शर्मिला राजी, कुमारी राजी र सरिता राजी छन्  । तीन दिनसम्म सञ्चालन हुने तालिम तथा सम्मेलनमा राजी अगुवा बुद्धिजीवी तथा पुजारी गंगबहादुर राजी, रेशमबहादुर राजीले भाषा, कला, संस्कृती र भेषभुषा सम्बन्धी तालिम दिइरहेका छन । राजी समुदायमा भएका विभिन्न तनावलाइ कम गर्न मनोपरामर्श दाता शर्मिला वि.सी.ले सहजीकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया