दैलेखमा गठबन्धनले चुनावी तालमेल गर्ने

सुर्खेत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने निश्चित भएका छन् । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गर्ने निश्चित भएको हो ।

बिहीबार बसेको सत्ता गठबन्धन दलको बैठकले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय जनमोर्चाका प्रमुख पदाधिकारीको संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामहरुलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन संयन्त्र गठन गरेको उल्लेख गरेको छ । उक्त दलले जिल्ला तथा पालिका तहमा सत्ता गठबन्धनलाई व्यवस्थित गर्न गठबन्धनको मर्ममा चोट पुग्ने कुनै पनि गतिविधि सञ्चालन तथा अभिव्यक्त नगर्न निर्देशन दिएको अपिलमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया