सुर्खेत उद्याेग वाणिज्य संघ निर्वाचन

चार दलकाे संयुक्त विज्ञप्ती खड्काको प्यानललाई जिताउन अपिल

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन आगामी बैशाख ४ गते हुन लागेको छ । नयाँ नेतृत्वका लागि संघका तत्कालिन महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हामिएका छन् ।


कँडेलले संयुक्त व्यवसायीक र खड्काले लोकतान्त्रिक साझा व्यवसायी प्यानल यति बेला चुनावी मैदानमा छ । तर गठबन्धन सम्वद्ध दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै खड्काको प्यानललाई जिताउन अपिल गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीको संयुक्त बैठकले बैशाख ४ गते हुने निर्वाचनमा खड्काको प्यानललाई जिताउन अपिल गरेका हुन ।

‘जिल्लाको समग्र विकासमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन, व्यावसायिक हकहित तथा उन्नयनलाई सशक्त बनाउन र सुर्खेत उद्योग वाणिज्य संघलाई सुर्खेती व्यवसायीहरुको साझा संस्था बनाउन अध्यक्ष पदका उम्मेदवार खड्काले नेतृत्व गरेको साझा व्यवसायी समूहका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

तपाईको प्रतिक्रिया