सुर्खेत वाणिज्य संघ निर्वाचन : कँडेल र खड्का प्यानलबाट कसले लिए उम्मेद्वारी फिर्ता (अन्तिम नामावली)

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन बैशाख ४ गते हुँदैछ । नयाँ नेतृत्वका लागि संघका तत्कालिन महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले छुट्टाछुट्टै प्यानल घोषणा गरेर चुनावी मैदानमा हामिएका छन् ।
निर्वाचन समितिले चुनावी प्रतिस्पर्धामा होमिएका दुवै प्यानलका उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । समितिकाअनुसार दुवै प्यानलबाट तीन जना सदस्यले उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा खड्का प्यानलबाट सदस्य पदका उम्मेद्वार रणबहादुर खड्का, लक्ष्मी कार्की प्रधान र कँडेल प्यानलबाट विर्खबहादुर बडुवाल रहेको समितिका नन्दबहादुर भण्डारीले नेपालीरैबारलाई जानकारी दिए ।

कँडेलको संयुक्त व्यवासायी प्यानलको वरिष्ठ उपाध्याक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गराएका हुन् ।

कंडेलको टिमबाट सदस्यहरुमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल (विन्द्र जैशी), बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र वि।क।ले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, वृहत लोकतान्त्रिक साझा समूह बनाएर चुनावी मैदानमा उत्रिएका खड्काको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गणेशबहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापा, महासचिवमा रामप्रसाद जैसी ९राजु०, उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसीले उम्मेद्वारी दर्ता गराएका छन् ।

खुला पुरुष सदस्यहरुमा भने अर्जुनजंग शाही, पहलसिंह बस्याल, प्रेमबहादुर भण्डारी, मदनबहादुर थापा, लक्ष्मण खत्री देवकोटा, प्रेम शर्मा, अजय गुरुङ, भूवन ज्ञवाली, वुद्ध तामाङ, महिला सदस्यमा कृति गुभाजु शाक्य, सदस्य एशोसियटमा जनक थापा र आरक्षित सदस्यमा सन्तोषकुमार बराइली उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिकाअनुसार बैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र सोही दिन १२ बजेपछि मौन अवधि तोकिएको भण्डारीले बताए । उनकाअनुसार मतदान बैशाख ४ गते विहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया