बाल अधिकार संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत । स्थानीय तहमा बालअधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तीन दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहलाई बाल बालिकाको अधिकारको क्षेत्रमा काम गर्न सहजता होस भनेर कार्यक्रमको आयोजना गरीएको थियो ।

कार्यक्रममा सुर्खेतकम स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, बालबालिका तथा बाल हेल्पलाईन संचालन संस्थाका कर्मचारीहरु लगायतको सहभागीता थियो । स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह छलफल गरिएको थियो ।

तालिममा नेपालमा बाल अधिकार पद्धति, स्थिती, कार्यान्वयन र कार्ययोजना, बालबालकाको सर्वोत्तम हित र बैकल्पिक स्याहारको अवधारणा र अभ्यास र बालबालिका सम्बन्धी सुचना व्यवस्थापन, अनुगमन, मुल्याङ्कन र प्रतिवेदन, बालमैत्री स्थानिय शासनको अवधारणा र अभ्यास, बालमैत्री, स्थानीय शासन लगायतका विषयहरुमा केन्द्रीत रहेर बहस भएका थिए ।

कार्यक्रम नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा सहजीकरण, जिल्ला समन्वय समिति सुर्खेतको आयोजना र एक्पात लग्जम्वर्ग र सेलर्डको सहकार्यमा स्थानीय तहमा बाल अधिकार संरक्षण तथा सेवा प्रवाह सम्बन्धी तालिम संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया