सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि यहीँ बैशाख ४ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको लागि नेपाली काँग्रेस संस्थापन र संस्थापन इतरबाट छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा हाेमिएका छन् । काँग्रेस संस्थापन पक्षबाट संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्काको साझा व्यवसायीक र संस्थापन इतरबाट वर्तमान महासचिव लक्ष्मण कँडेलको संयुक्त व्यवसायी प्यानल नयाँ नेतृत्वको लागि चुनावी मैदानमा होमिएका हुन । दुवै समूहले आफ्नो चुनावी प्रचार–प्रसारलाई पनि निरन्तर दिइरहेका छन् । यसै विषयमा रहरेर काँग्रेस संस्थापन पक्षबाट साझा व्यवसायीक समूहबाट संघका अध्यक्ष पदका उम्मेदवार हर्षबिक्रम खड्कासँग गरिएको कुराकानीको सारसंक्षेप :–
चुनाव प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?
चुनावको प्रचार–प्रसार हामीले तिव्र रुपमा गरिरहेका छौं । सुर्खेतको क्षेत्र नम्बर १ मा सकेका छौं भने अब सुर्खेतको पश्चिम क्षेत्रको प्रत्यक बजारमा प्रचार–प्रसार गर्ने तयारीमा छौं । हाम्रा मतदाता हुने ठाउँहरू सबैमा गएर प्रचार–प्रसार गरेका छौँ । बुधबार हामीले वीरेन्द्रनगरको बजारमा रहेका व्यापारीहरुको पसल पसलमा पुगेर प्रचार गरेका छौं । हामीसँगै गठबन्धनको टिम छ । हामी सबै दलका व्यपारीहरुसम्मै पुगेर प्रचार गरिरहेका छौँ । सन्देश पनि राम्रै गएको छ ।
आज राती १२ बजेपछि मौन अवधि छ, आजको दिनमा प्रचार–प्रसारको तयारी के छ ?
आजको दिनमा पनि हामीले चुनावी प्रचार–प्रसारलाई निन्तरता दिनेछौं । वीरेन्द्रनगर–६ भित्रैका धेरै पसलहरु छुटेका छन् । सबै ठाउँमा पुग्न सकेका छैनौं । जो मतदानमा भाग लिन पाउँनु हुन्छ उहाँहरुका कहाँ पुगिरहेका छौँ । विभिन्न कारणले चुनावी एजेण्डा लिएर हाम्रा केही व्यवसायीहरुलाई संस्थाबाट बाहिर गराउँन खोजिएको थियो । उहाँहरुको माग सम्बोधनका लागि अथक प्रयास ग¥यौं तर, माग सम्बोधन गर्न नसकिए पनि ती व्यवसायीकहरुलाई भेट्ने काम जारी नै छ । त्यस्तै, हामी वीरेन्द्रनगर भित्रैका जुम्ला रोड क्षेत्र, बाङ्गेसिमल, पिपिरा लगायतका बजारमा पुगेर चुनावी प्रचार–प्रसारमा जुट्ने छौं ।
तपाईं अध्यक्ष रहेको प्यानललाई व्यापारीहरुले भोट किन दिने ?
आज प्रत्येक व्यवसायीहरू कहाँ पुग्दा हामी आफैलाई पीडा हुने गरेको छ । करिब दुई हजार बढी व्यवसायीहरु संस्थाभन्दा बाहिर हुनुहुन्छ । उहाँहरुलाई हामीले सानो प्रक्रिया मिलाएर संस्थामा आवद्ध गराउँन सक्थ्यौं । तर, त्यो हामीले निर्वाचन अघि संघमा तालाबन्दी गरेर मुद्दा अदालतसम्म पुग्यो । छुटेका व्यवसायीहरुलाईसंस्थामा ल्याउँनु पर्छ भन्ने हाम्रो मान्यता थियो ।
तर सफल हुन सकेनौं । हाम्रो टिमले चुनाव जित्यो भने संस्थालाई साझा बनाउँने विषेश प्रतिवद्धता छ र हामी बनाउँछौं पनि । त्यसैले हाम्रो जितको प्रमुख आधार यहीँ हो । हामी गफ मात्रै नभई संस्था भित्र काम गरेर देखाउँर्छौ । यती मात्रै नभई हामी राजनीतिक दल, स्थानीय, प्रदेश र संघीय सरकारसँग राम्रो सम्बन्ध बनाएकाले व्यवसायीहरुले हामीलाई भोट दिनु पर्दछ र दिनुहुन्छ भन्नेमा ढुक्क छौं ।
वीरेन्द्रनगरमा विद्युत, विमानस्थल निर्माण लगायतका विषयमा हाम्रो नेतृत्वले मात्रै काम गर्न सक्छ भन्ने सुर्खेतका व्यापारीले बुझिसकेका छन् । प्रदेशदेखि केन्द्रसम्म हाम्रो संगठनमा सहयोग गर्ने दलहरूको सरकार रहेको छ । त्यसैले पनि हामीले भोट पाउँछौं भन्नेमा विश्वस्त छौं ।
कति भोट ल्याएर विजयी हुन्छौं भन्ने तपाइँको दावी हाे ?
संघमा हाल दुई हजार १४ जना मतदाता छन् । यीमध्य हामी एक हजार दुईसयभन्दा बढी मत ल्याए विजयी हुनेछौं भन्ने हाम्रो आँकलन हो । कम्तिमा पनि हामीले गरेको आंकलन अहिलेका हाम्रो समिकरणले १२ सय देखि १३ सय मत पाउँने तथ्याङ्क निकालेका छौँ । पक्कै पनि त्यो मत हामीलाई आउँछ ।
किनकी निर्वाचन प्रक्रिया लभगभ दुई महिना संस्था भित्रको विबाद संस्था भित्रको समस्या समाधान गरेर भित्र्याउनु पर्ने जुन व्यवसायीहरुको एजेण्डा बोकेका निर्वाचानमा होमिएका छौं भने अर्को समूह कसरी चुनावलाई जालजेल गरेर पदमा मात्रै पुग्न सकिन्छ भनेर व्यवसायीहरुलाई बाहिर राखेर निर्वाचन गर्न आतुर भएर गएको हो । हामीले चाँही सम्पूर्ण व्यवसायीलाई समटेर निर्वाचन गर्नु पर्छ भनेका थियौं । तर, यसरी हाम्रा पक्षमा व्यवसायी सदस्यबाट छुट्दा पनि हामीसँग १२ भन्दा माथी मत छ । त्यो कारणले पनि जित सुनिश्चित छ ।
जित त सुनिश्चित छ भन्नु भयो, जितेपछि व्यवसायीहरुको लागि के काम गर्नु हुन्छ ?
हामीले संघको निर्वाचन जितेपछि व्यपारीका मागसँगै वीरेन्द्रनगरमा सँगै कर्णालीमा भएको उद्योग तथा व्यापार सम्बन्धि समस्याहरुको समाधानका लागि लागि पर्नेछौं । जसमा विद्युतको समस्या, सुर्खेत विमानस्थलको विस्तारदेखि कर्णालीमा जडिबुटि संकलन, प्रशोधन केन्द्र लगायतका विषयमा काम हाम्रो टिमले गर्नेछ ।
यस अघिको टिमले यस्ता कार्यक्रमका योजना ल्याए पनि कार्यान्वयन गर्न सकेन । तर, हाम्रो अहिलेको टिम छ यसले काम गर्न सक्छ भन्ने आम व्यवसायीहरुमा एउटा सन्देश समेत गएको छ । हाम्रो टिम नेतृत्वमा आएपछि सबै काम गर्नेछ । त्यसैले सम्पूर्ण व्यवसायीहरुलाई म आग्रह पनि गर्न चाहान्छु ।
हाम्रो टिमले यी र यस्ता समस्याहरुको सबै समाधान गर्ने छ । संस्था र व्यवसायीबीचको सम्बन्ध चाँही नजिक छैन् । व्यपारीले संस्था प्रति हेर्न दृष्टिकोण पनि फरक छ । त्यसैले पनि मेरो नेतृत्वको टिमले यस्ता समस्याको समाधान गर्ने छ भने व्यवसायीहरुलाई संस्था प्रति माया जाग्ने खालको भावनाको विकास गर्नेछ ।
नेपालीरैबार । २०७९ बैशाख २, शुक्रबार