सुर्खेत बाणिज्य संघ निर्वाचन : कँडेलकाे प्यानलाई १० वटा वस्तुगत समितिकाे समर्थन

सुर्खेत उद्योग बाणिज्य संघको १३ औं कार्यसमितिका लागि आइतबार (भोली) निर्वाचन हुँदैछ। सुर्खेत बुद्धपथस्थित सिटी हलमा विहान ८ बजेदेखि मतदान हुन लागेकाे हाे । संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् ।

हिजोसम्म मतदाता व्यवसायीहरुसँग खुला रुपमा मत माग्दै हिंडेका उनीहरु मौन अवधि सुरु भएका कारण गोप्य मतदातासँग मत मागि रहेका छन् । संघको निर्वाचनमा कँडेल प्यानलमा धेरै जसो व्यवसायीहरु, १० वटा वस्तुगत समिति, चार जना संघका पूर्व अध्यक्षहरुले साथ दिएका छन् ।

खड्का पक्षधरमा भने गठवन्धनका राजनीतिक दलहरुको भरमा छ। साना तथा ठूला उद्योगी व्यवसायीहरुको हरेक समयमा साथमा रहेका र समस्या समाधानमा खटिनुका साथै कोभिडको बेला कँडेलले खेलेको भूमिकाका कारण संघमा कँडेलको नेतृत्व आवश्यक रहेको धारणा मतदाता व्यवसायीहरुको रहेको छ।

कँडेलको खटाइका कारण नेकपा एमालेमा आवद्ध व्यवसायीहरु र माओवादी केन्द्र तथा एकीकृत समाजवादीमा आवद्ध व्यवसायीहरुले कँडेललाई साथ दिएका छन । खड्का पक्षधरलाई भने सत्ता गठवन्धनका दलहरुले नै ठाडो हस्तक्षेप गरी सघाइरहेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र अन्तिममा राप्रपाले समेत विज्ञप्ति जारी गरी व्यवसायीहरुको निर्वाचनमा ठाडै हस्तक्षेप गरी खड्काको पक्षमा खुलेर लागेका छन् । त्यतिमात्र होइन जिल्लास्तरीय नेताहरु पनि राजनीतिक दलको प्रचार झैं गरी खड्काको पक्षमा मत माग्दै हिंडिरहेका छन् ।

उद्योगी व्यवसायीहरुको निर्वाचनमा राजनीतिक दलहरुले भातृ संस्था झैं गरी हस्तक्षेप गरेपछि व्यवसायीहरु आक्रोशित बन्नुका साथै जनमत कँडेलको पक्षमा बढ्दै गएको व्यवसायीहरु बताउँछन । सुरुमा आफूहरुले सदस्यता नवीकरण नगरेका कारण अन्य व्यवसायीहरुको पनि सदस्यता छुटेको बहानाबाजी गर्दै निर्वाचनको विपक्षमा रहँदा खड्का पक्षधरले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतले पनि विधानलाई टेकेर रिट निवेदनकाे पक्षम आदेश नदिएपछि खड्का पक्षधर अन्ततः निर्वाचनमा आउन विवश भएका हाे । निर्वाचनमा आएपछि सदस्यता नवीकरण नै नगरेकाहरु खड्का पक्षधरबाट उम्मेदवार बनेकाे व्यवसायीहरु बताउँछन् ।

उम्मेदवार घोषणा कार्यक्रममा सदस्यको उम्मेदवार घोषणा गरेकी लक्ष्मी कार्की सिया पनि सदस्यता नवीकरण नगरेका कारण उम्मेदवार बन्न सकिनन् । उता खड्का पक्षधरबाट उपमहासचिव पदका उम्मेदवार बनेका पूर्णप्रसाद अधिकारी पनि अर्कैकाे सदस्यता लिएर उम्मेदवारी बनेका छन् । अधिकारीकाे उम्मेद्वारी विरुद्ध दावी विराेधमा उजूरी परेपनि निर्वाचन समितिले वारेसनाबाट उम्मेद्वार बन्न पाउने भन्दै क्लीन चिट दिएकाे समितिले जनाएकाे छ ।

यता लक्ष्मण कँडेल पक्षलाई सुर्खेत उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष धनबहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, डा. सूर्यबहादुर खड्का र विष्णुबहादुर शाहीले समर्थन गरेका छन । यस्तै १० वटा बस्तुगत उपसमितिले पनि सामूहिक हस्ताक्षर गरी कँडेललाई समर्थन गरेका छन् ।

हार्डवेयर बस्तुगत समिति, कम्प्यूटर एशोसियशन, फलफूल तथा तरकारी बस्तुगत समिति, होटल व्यवसायी समिति, पाठ्यपुस्तक तथा स्टेशनरी बस्तुगत समिति, अटो मोबाइल्स समिति, खाद्य तथा किराना समिति, भाँडा वर्तन समिति, साइकल व्यवसायी समिति र ग्रिल तथा सटर बस्तुगत समितिले लक्ष्मण कँडेल नेतृत्वलाई समर्थन गरी जिताउन अपिल गरेका छन् । संघमा २०५४ जना मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणना गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया