रेडियो धुव्रतारा एफएमका संस्थापक अध्यक्ष खड्काको निधन

सुर्खेत । दैलेखबाट प्रशारण हुने रेडियो  धुव्रतारा एफएमका संस्थापक अध्यक्ष डम्बर खड्काको निधन भएको छ । खड्काको उपचारको क्रममा । आइतबार बिहान २ बजेको समयमा काठमाडौंमा निधन भएको हो ।

दैलेखमा रहेको होटल होलिडे प्लाजा दैलेखका सञ्चालक खड्काको काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ ।

खड्का लामो समयदेखि कलेजो रोगका कारण पिडित थिए । साजसेवामा सक्रिय खड्का दैलेखका पुराना स्थापित होटल व्यवसायी हुन ।साथै नेकपा एमाले दैेलेखका जिल्ला कमिटि सदस्य र उद्योग वणिज्य संघ दैलेखका सदस्य रहेका थिए ।

तपाईको प्रतिक्रिया