सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी कँडेलको अग्रता

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतदगणना जारी रहेको छ । अहिले सम्मको मतगणना हेर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले अग्रता लिएका छन् ।

तीन सय मतगणना गर्दा लक्ष्मण कँडेले १५६ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्काले १२८ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार मतगणाना प्रक्रिया सोमबार बिहानैदेखिनै जारी रहेको जनाएको छ ।

सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए । भने १८२४ मत खसेको थियो ।

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि निर्वाचन भएकाे हाे ।

तपाईको प्रतिक्रिया