अपडेट :

सुर्खेत उद्योग वाणिज्य संघ निर्वाचन : कँडेलकाे अग्रता, मतान्तर घटाउँदै खड्का

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगणना जारी रहेको छ । अहिले सम्मको कुल ६ सय मत गणनामा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले अग्रता कायमै राखेका छन् । अध्यक्षका अर्का उम्मेदवार हर्षविक्रम खड्का भने मतान्तर घटाउँदै गएका छन् । पछिल्लाे मतपरिणामअनुसार कँडेलले ३०५ मत ल्याउँदा खड्काले २८५ मत प्राप्त गरेका छन् । ३७ मतान्तर रहेकाेमा अहिले कँडेल र  खड्काकाे मतान्तर २० रहेकाे छ ।

वरिष्ठ उपाध्यक्ष
गणेशकुमार बस्नेत ३३१
सूर्यबहादुर रावत २२७

वाणिज्य उपाध्यक्ष
दिपेन्द्र ढकाल २७५
प्रेमबहादुर रावल २८७

उद्योग उपाध्यक्ष
प्रेम पाण्डे २९२
सिंहराज बम २८५

महिला उपाध्यक्ष
कृष्णा थापा २८५
तारा रावत २८९

महासचिव
भद्र भण्डारी ३०४
रामप्रसाद जैसी २७९

उपमहासचिव
कृष्ण सुवेदी २९४
पूर्णदेव अधिकारी २६४

कोषाध्यक्ष
राजेन्द्र शाही २५०
रामप्रसाद पाण्डे ३२२

सहकोषाध्यक्ष
भीमप्रसाद पौडेल २८३
सूर्यबहादुर खत्री २९३

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको जनाएको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको थियो । संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएकाे हाे ।

 

तपाईको प्रतिक्रिया