रूकुमपश्चिमा माओवादीले टुङ्गायो पालिकामा उम्मेदवार

सुर्खेत । नेकपा (माओवादी केन्द्र) रूकुमपश्चिमले पालिका स्तरका उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार बसेको माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छनोट गरि सिफारिस गरेको हो ।

जसमा चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमाइश्वरी कुमारी शर्मा (विएम), आठविसकोट नगरपालिकाः प्रमुख–रवि केसी, उपप्रमुखमा धनकुमारी शाही, मुसिकोट नगरपालिका प्रमुखमा बसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिस भएका छन् ।

यस्तै, सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्खबहादुर विष्ट, उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेश कुमार केसी, उपाध्यक्षमा राजकुमारी रेउले र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी, उपाध्यक्षमा तारा बुढा (केसी)लाई सिफारिस गरेको माओवादी केन्द्र रूकुमपश्चिमले जनाएको छ ।

यस्तै, बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेद्वार बनाउने साथै गठबन्धनको निर्णय कार्यान्वयन गर्नको लागि आवश्यक परेमा उक्त सिफारिस उम्मेदवार मध्ये जो कोहीँलाई पनि पार्टीले फिर्ता बोलाउँन सक्ने निर्णय गरेको माओवादी केन्द्रका प्रचार विभाग प्रमुख ध्रुबविक्रम बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया