सुउवा निर्वाचन : मतगणना पुनः शूरू कँडेल ३५ मतले अगाडी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको विशेष कारण बस स्थगित मतगणना पूनःशुरू भएको छ । हाल सम्म भएकोे मतगणनाको परिणाम हेर्दा लक्ष्मण कँडेल ३५ मतले अगाडी रहेका छन् ।

कँडेलले ४५८ मत प्राप्त गरेका छन् भने अर्का अध्यक्षका दावेदार हर्षविक्रम खड्कले ४२३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार मतगणना प्रक्रिया सोमबार बिहानादेखिनै जारी रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा जम्मा २०५८ जना मतदाता रहेका थिए भने १८२४ मत खसेको छ । संघको १३ औं कार्यसमितिको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन भएको हो ।

तपाईको प्रतिक्रिया