यी हुन् एमालेले लेकवेशीका प्रमुख र उपप्रमुखका उम्मेदवार

सुर्खेत । लेकवेशीमा एमालेले उमेद्वारको टुङ्गो लगाएको छ । नगर प्रमुखमा वडा नम्वर ६ का देव राना र उपप्रमुखमा वडा नम्वर ९ की बिमला खड्लुकलाई उमेद्धार बनाएको हो ।

नेकपा एमाले लेकवेशी नगरपालिकाका नगर कमिटी अध्यक्ष समेत रहेका नगर प्रमुखका उमेद्धवार राना लामो समयदेखी सहककारी क्षेत्रमा क्रीयाशिल रहेका छन् भने उपप्रमुख खड्लुक अखील नेपाल महिला संघ लेकवेशीकी अध्यक्ष रहेकी छन् ।

यसैविच लेकवेशीका १० वटा वडाहरु मध्य ४ वडा वडाहरुमा उमेद्वार टुङ्गो लागेको छ ।

जस अन्तरगत वडा नम्वर ३ को वडा अध्यक्षमा लोक बहाहदु रावत, वडा नम्वर ४ मा कर्ण बहादर राना, वडा नम्वर ५ मा चक्र बहादुर शाही र वडा नम्वर ९ मा राजु पौडेल वडा अध्यक्षको उमेद्धवार बनेका छन् भने अन्य ६ वटा वडाहरुको उमेद्धवार केही दिनमा टुङ्गो लाग्ने लेकवेशी नगर कमिटीका अध्यक्ष देव रानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया