एमाले सुर्खेतको प्रचार भेला शुरू

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको प्रचार भेला सुरु भएको छ । नेकपा एमालेले सुर्खेतले आसन्न वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेला आयाेजना गरेकाे हो । भेलामा नेकपा एमाले केन्द्रीय प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालको प्रमुख आतिथ्यता रहेको छ ।

आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउन प्रचार रणनीति तयार गर्न प्रशिक्षण  कार्यक्रम आयाेजना गरिएकाे एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । उनले जिल्लाका नाै वटै पालिकामा प्रचार विभाग गठन गरेर चुनाव प्रचारलाई व्यवस्थित बनाएर अगाडि बढेकाे बताए ।

गठबन्धन भन्दा महागठबन्धन आए पनि एमाले त्यसको सामना गर्न तयार रहेको उनको प्रस्टोक्ती छ । भेलामा एमाले प्रदेश कमिटीका सदस्य, एमाले जिल्ला अध्यक्ष अमृत विसी तथा पदाधिकारी, विभिन्न तहका नेता तथा एमाले निकट प्रेस चाैतारी निकट पत्रकारहरुकाे सहभागिता रहेकाे छ ।

तपाईको प्रतिक्रिया