पीएसजीसँग नयाँ सम्झौता गर्ने योजनामा पोचेटिनो

काठमाडाैं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएजी) का मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लबमा नयाँ सम्झौता गर्न लागेको बताएका छन् । च्याम्पियन्स लिगबाट बाहिरिसकेपछि पीएसजीले प्रशिक्षक पोचेटिनोलाई क्लबमा लामो समय नराख्ने योजना बनाएको थियो ।

पीएजसी पछिल्लो समय फ्रेन्च लिग वानको उपाधि नजिक छ । शीर्ष स्थानको पीएसजीले १५ अंकको अग्रता लिएको छ । पीएसजीलाई अब उपाधि जित्न मात्र एक जितको आवश्यक छ ।

‘म क्लबमै रहने नरहने कुरा सम्झौतामा भर पर्छ । मैले क्लबमा रहेको सयमा आफूले सकेजति सफलता दिलाउन भूमिका खेलेको छु । क्लबको सबैभन्दा ठूलो लक्ष्य भनेको च्याम्पियन्स लिग फुटबलको उपाधि जित्ने थियो । उपाधि जित्न नसक्दा क्लबसँगै म पनि दुःखि छु,’ पोचेटिनोले भने ।

पीएसजी स्पेनिस क्लब रियल मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको थियो । बीबीसी

तपाईको प्रतिक्रिया