एमालेबाट चाैकुने गाउँपालिका अध्यक्ष उम्मेद्वारमा अधिकारी सर्वसम्मत

 सुर्खेत । नेकपा एमाले चौकुने गाउँपालिका कमिटीले सर्वसम्मत उम्मेद्वारकाे टुंगाे लगाएकाे छ । गाउँकमिटी अध्यक्ष समेत रहेका हरी अधिकारीलाई गाउँपालिकाकाे अध्यक्ष पदकाे लागि सर्वसम्मत उम्मेद्वार छनाेट गरेकाे हाे ।

२०४४ सालमा अछामकाे घाेडासैनबाट सुर्खेत पश्चिमकाे चाैकुनेमा बसाेबास गर्दै आएका अधिकारी २०७४ सालकाे निर्वाचनमा चुनावी कमाण्डर थिए । निर्वाचनमा उनले गाउँलिकाका वडा नम्बर १, ३, ५, ७, ८ र १० मा एमालेलाई विजयी गराउन अहम भूमिका निर्वाह गरेकाे एमालेका नेताहरु बताउँछन् ।

एमाले आधार ईलाका मानिएकाे चाैकुनेमा सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्ष पदकाे उम्मेद्वारमा सिफारिस भएपछि अधिकारीले जित्ने आधारहरु टाेलसम्मै राम्राे राजनीतिक पहुँच बनाएकाे एमालेका एक नेताले बताए ।

अधिकारीले चाेइटिएर गएकाहरुबाट गाउँपालिकामा पार्टीकाे जनाधार कुनै असर नरहेकाे बताए । २०५१ सालमा अधिकारी एमालेकाे ईलाका नम्बर ११ काे अनेरास्ववियूका सह-सचिव थिए । यस्तै उनी क्याम्पस शिक्षाकाे स्ववियू सभापतिकाे सदस्य पदकाे उम्मेद्वार समेत थिए ।

२०६८ सालमा एमालेकाे निर्वाचन क्षेत्र नम्बर २ काे निर्वाचन कमिटीका सदस्य समेत भएका थिए । २०७२ सालदेखी भने उनी जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७३ सालमा चाैकुने गाउँपालिका अध्यक्ष हुन् । हाल उनी गाउँपालिकाकाे पहिलाे अधिवेशनबाट गाउँ कमिटी अध्यक्ष छन् ।

सामाजिक क्षेत्रमा समेत लामाे अनुभव बटुलेका अधिकारी गैरसरकारी महासंघ सुर्खेत अध्यक्ष, महासंघ कर्णाली सचिवहुँदै अध्यक्ष पदमा काम गरिसकेका छन् । ग्रामिण विकासमा एमए, अंग्रेजी विषयमा एमएड र कानून विषयमा विएल गरिरहेका छन् । गाउँपालिकाकाे उपाध्यक्षमा भने उपाध्यक्ष निर्मला राना मगरलाई सर्वसम्मत चयन गरेकाे छ ।

तपाईको प्रतिक्रिया