पत्रकार नमन शाही चामुण्डाको मेयरमा सिफारिस

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरका लागि पत्रकार नमन शाही सिफारिस भएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले पत्रकार शाहीको नाम मेयरका लागि सिफारिस गरेको हो ।

करिब १९ वर्ष लामो समय पत्रकारीतामा रहेर भूई–मान्छेका कथा/व्यथा लेखेका शाहीले समूदायलाई नजिकबाट चिनेका छन् भने शाही जनताका लोकप्रिय नेताका रुपमा समेत पर्दछन् । शाहीले २०६० सालबाट पत्रकारीता शुरू गरेका हुन् भने पत्रकार महासंघ दैलेखका अध्यक्ष समेत बनेर काम गरिसकेका छन् ।

हाल नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटि सदस्य समेत रहेका नमन शाही विभिन्न संघ-संस्थामा समेत रहेर नागरिकसँग धेरै नै घुलमिल हुनसक्ने नेताका रुपमा परिचित छन् । शाहीले २०६२ सालमा दैलेखबाट प्रकाशति जिल्लाकै पहिलो पत्रीका धमका साप्तायिक सञ्चालन ल्याएका थिए । २०६४ सालमा दैलेखबाट प्रशारित एफएम पञ्चकोसीको समाचार प्रमुखको तथा सहायक स्टेशन म्यानेजरका रुपमा समेत काम गरेकाे अनुभव रहेकाे छ ।

यस्तै, दैलेखबाट नै प्रकाशित हाम्रो तेस्रो आँखा दैनिकाका अध्यक्ष तथा सम्पादक भएर काम गरिसकेका छन् । २०६६ देखि २०६९ सालसम्म काठमाडौंमा रहेर गोरखापत्र राष्ट्रिय दैनिकमा पनि आवद्ध रहेका थिए ।

यस्तै, शाहीले २०६१ सालमा इन्सेकको जिल्ला प्रतिनिधिको रुपमा समेत काम गरिसकेका छन् भने हाल समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय सदस्य समेत रहेका छन् । पार्टीले शाहीसँगै मनिशा कार्की र भुपेन्द्र शाहीको नाम समेत सिफारिस गरेको छ ।

तपाईको प्रतिक्रिया