
बर्दिया । बर्दियामा पनि पाँच दलीय सत्ता गठबन्धन भाँडिएकाे छ । भागवण्डा नमिल्दा अन्तत गठबन्धन दलहरुले एक्लाएक्लै स्थानीय तहकाे निर्वाचनमा जाने सहमति गरेका हुन् । संयुक्त रुपमा स्थानीय तहकाे निर्वाचन लड्ने सहमतिकाे प्रयास असफल हुँदा छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरिएकाे छ ।
लगातार सहमतिमा पालिकामा चुनावी भागबण्डा गरेर जाने प्रयास असफल भएपछि आज मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ । दलहरुले आ-आफ्ना अडान नछोडेपछि गठबन्धन प्रयास असफल भएको हो। आज बर्दियाको गुलारियामा पत्रकार सम्मेलन गर्दै वैशाख ३० गते हुने स्थानीय चुनावमा मित्रवत प्रतिस्पर्दा गर्ने लगाएतका १० बुँदे सहमति पत्र कार्यदलको टोलीले सार्वजनिक गरेको छ।

हरिवंश पाण्डे । २०७९ बैशाख ७, बुधबार