सुर्खेतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुर्खेत । कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय, सुर्खेतले निर्वाचन कार्यतालिका अनुसार आज जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।


बाँकी स्थानीय तहहरुमा भने निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले नेपालीरैबारलाई जानकार दिए । सुर्खेतस्थित वीरेन्द्रनगरमा पनि आजदेखि जल तथा मौसम विज्ञान कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्य र वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले कार्यालयको शुभारम्भ गरेका छन् । मुख्य निर्वाचन अधिकृत आचार्यले मतपत्र वितरण, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अनुशिक्षण लगायतको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने जानकारी दिए । उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य भने सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।

तपाईको प्रतिक्रिया