स्थानीय तहकाे उम्मेद्वार बन्ने पत्रकारले सदस्यता त्याग्नु पर्ने

काठमाडाैं । नेपाल पत्रकार महासंघले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने पत्रकारलाई सदस्यता त्याग्न आग्रह गरेको छ । महासंघका महासचिव रोशन पुरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेका हुन्।

बिहीबार भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बसेको पाँचौं पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आह्वान गरेको उनले जानकारी दिए ।

महासचिव पुरीका अनुसार महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने बैठकले निर्णय गरेको बताए।

निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिइएको समेत उनले जानकारी गराए।

तपाईको प्रतिक्रिया