वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई पक्राउ

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-४ रातोपुल नजिकै प्रहरीले दुइ जनालाइ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार लागूऔषध कारोबार भईरहेको छ भन्ने सुचनाका आधारामा सादा पोषाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेका हुन । बिहीबार साँझ ४: ०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका -६ बस्ने वर्ष ३२ का छबिराम लामीछाने र जुम्ला लाम्रा गाउँपालिका -४ बस्ने वर्ष २२ को बिशाल चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्युरोका सयुक्त टोलीले ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ लागूऔषध बरामद गरेको छ । उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया