सुर्खेतमा कसैले पनि बुझाएनन् इजाजतप्राप्त हात-हतियार

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजतप्राप्त हात-हतियार कसैले पनि नबुझाएको जनाएको छ । प्रशासनले स्थानीय तह निर्वाचनलाई भयरहित बनाउँनका लागि हतियार प्रहरीलाई बुझाउँन आग्रह गरेपनि हालसम्म कसैले पनि बुझाएका छैनन् । प्रशासनले गत चैत सोमबार स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न भए प्रश्चात पुनः फिर्ता पाउने गरी प्रहरीलाई बुझाउन भन्दै सूचना जारी गरेको थियो ।

हालसम्म इजाजत प्राप्त गरेर राखिएका जिल्ला भित्रका एक सय हतियार र जिल्ला बाहिरबाट ३९ वटा हतियार रहेका छन् । तर, तीमध्ये कुनै पनि हतियार प्रहरीलाई नबुझाइएको प्रशासनको भनाइ छ उनीहरूले हतियार आफ्नो आत्मरक्षाका लागि इजाजतसहित राखेको भनेपनि कुन प्रयोजनमा प्रयोग भएका छन् यो विषयमा सुर्खेत प्रशासन नै अनविज्ञ देखिएको छ ।

प्रशासनले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि अनुरोध गरेको थियो । यस्तै, निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी इकाईहरूमार्फत् जिल्ला प्रहरी कार्यालय सुर्खेतमा १५ दिनभित्र बुझाउनको लागि सबैलाई आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया