कर्णालीमा गठबन्धन दलबीच भागबण्डा मिलेन, फेरि छलफल हुँदै

सुर्खेत। भागबण्डा गर्ने विषयमा भएको कर्णाली प्रदेशका सत्ता गठबन्धन दलका नेताबीचको छलफल बिना निश्कर्ष टुंगिएको छ। शुक्रबार मध्यरातसम्म भएको छलफल बिना निश्कर्ष टुंगिएको हो। प्रदेशका ७९ पालिकामध्ये गठबन्धनमा भएका कुन दलले कुन पालिकाको नेतृत्व लिने भन्ने विषयमा दलका प्रदेशस्थित नेता तथा कार्यकर्ताहरु बिहीबारदेखि छलफलमा थिए ।

भोलिदेखि स्थानीय तहका उम्मेदवारको मनोनयन दर्ताको काम सुरू हुन्छ। यसकारण पनि शुक्रबार राति भागबण्डाको विषय टुंग्याउने प्रयास गरिएको थियो। कांग्रेस कर्णाली प्रदेश प्रवक्ता शाहीका अनुसार आज साढे ८ बजेदेखि पुनः छलफल सुरू हुने भएको छ।

कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन छ। जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दल छन्। कर्णाली प्रदेशमा सत्तारूढ दलहरु भागबण्डामै अल्झिरहेका बेला नेकपा एमालेले भने अधिकांश पालिका र वडामा आफ्ना उम्मेदवार टुंगो लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया