सुर्खेत काँग्रेसमा किचलाे : कोइराला र खत्रीले लिए उम्मेद्वारी फिर्ता

सुर्खेत । यहीँ बैशाख ३० गते गर्न लागिएको स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेद्वार छनोटमा व्यस्त छन् । केही ठाउँमा सर्वसम्मत उम्मेद्वार छनोट भएपनि सत्ता साझेदार दल गठबन्धनभित्र किचलो छ । मनोनयन दर्ता आइतबार गर्ने कार्य तालिका छ । तर गठबन्धन गर्ने वा नगर्ने सहमति नहुँदै काँग्रेस भित्रै चरम असन्तुष्टी बढ्दै गएको छ ।

शुक्रबार मात्रै नेपाली काँग्रेस वीरेन्द्रनगर कार्यसमितिले वीरेन्द्रनगरको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । मेयरका लागि सिफारिस गरिएकाहरुमा नगर सभापति उपेन्द्रबहादुर खड्का, पार्टीका जिल्ला सह–सचिव हरी विष्ट र चाँदनी ढकालको नाम क्षेत्रीय कार्यसमितिमा पठाएको हो ।

तर क्षेत्रीय कार्यसमितिले नगरको सिफारिसमा मेयरको लागि थप चौथो नम्बरमा गोविन्द कोईराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम सिफारिस गरेको थियो । तर, पूर्व क्षेत्रीय सभापति समेत रहेका नारायण कोइराला र वीरेन्द्रनगर वडा नम्बर ३ का वडाध्यक्ष भूपेन्द्र खत्रीले क्षेत्रीय कार्यसमितिले मेयरका लागि आफ्नो नाम राखेकोमा आपत्ती जनाएका छन् । संस्थापन पक्षबाट पाँच जना र शेखर समूहबाट दुई जनाको नाम वीरेन्द्रनगर नगरपालिका मेयर पदको उम्मेद्वारमा सिफारिस गरिएको थियो ।

नागर कार्यसमितिले एकलौटी रुपमा तीन जनाको नाम क्षेत्रीय कार्यसमितिमा पठाएको आपत्तीको विषय भएको कोइराला र खत्रीले दिएको निवेदनमा उल्लेख छ । उनीहरुले जिल्लाका सबै गाउँ÷नगर र वडामा हाम्रो विचार समूहका ४० प्रतिशको उम्मेद्वारी सुनिश्चितता नहुँदासम्म वीरेन्द्रनगर नगरपालिकाको मेयरमा एकल उम्मेद्वार सिफारिसको अर्थ नभएको उनीहरुले जनाएको छन् । उनीहरुले ४० प्रतिशत सुनिश्चितता नहुँदासम्म आफ्नो उम्मेद्वारी दावी फिर्ता लिएको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया