लाटीकाेईलीमा टिप्परकाे ठक्करबाट माेटरसाईकल चालक घाइते

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकाे लाटीकाेइलीमा टिप्परकाे ठक्करबाट माेटरसाइकल चालक घाइते भएका छन् । वीरेन्द्रनगर-९ लाटीकाेईलीमा कर्णाली प्रदेश ०२ – ००१ क ००४९ नम्बरकाे टिप्परले भे ८ प ३१९५ नम्बरकाे माेटरसाईकललाई ठक्कर दिएपछि माेटरसाइकल चालक घाइते भएका हुन ।

लाटिकाेईलीबाट बजारतर्फ जाँदै गरेको टिप्परले मोटरसाइकललाई ठक्कर दिएकाे छ । माेटरसाईकल चालककाे बायाँ खुट्टामा चाेट लागेको छ । घाइते माेटरसाइकल चालककाे कर्णाली कियर अस्पतालमा उपचार भईरहेको छ । घाइतेकाे पहिचान भने खुलेकाे छैन् ।

तपाईको प्रतिक्रिया