एमालेबाट वीरेन्द्रनगरको मेयरमा ढकाल, उप–मेयरमा खनाल

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको प्रदेश कमिटि बैठकले मोहनमाया ढकाल र उप–मेयरमा निलकण्ठ खनाललाई अन्तिम उम्मेदवार बनाएको हो ।

एमालेको दुई दिनसम्म बसेको प्रदेश टिकट समन्वय समिति बैठकले नगरको मेयरमा ढकाल र उप–मेयरमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, ढकाल हालको वीरेन्द्रनगर नगरपालिकाको उप–मेयर हुन् भने उप–मेयरका उम्मेदवार खनाल वीरेन्द्रनगर वडा नम्बर ४ का अध्यक्ष समेत हुन् ।

नेकपा एमालेको वीरेन्द्रनगर नगरप्रमुख बन्नका लागि एमाले जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल, एमाले नेता हरिहरनाथ योगी लगायतको पनि दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया