स्थानीय तह निर्वाचन

को हुन् एमालेबाट दैलेख आठबीसको उप–मेयरमा सिफारिस कल्पना?

सुर्खेत । दैलेखको आठबिस नगरपालिकाको उप–मेयरको उम्मेदवारमा नेकपा एमालेबाट सिफारिस कल्पना थापा सानै उमेरदेखि राजनीतिमा होमिएकि नेतृ हुन् । यहीँ बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेबाट उप–मेयरका लागि एक नम्बरमा थापको नाम सिफारिस भएको छ ।

यस्तै, आठबिसको उप–मेयरका लागि भएको मतदानका आारमा सिफारिस कल्पनासँगै कमला, थापा, जौधरा आचार्य र नामसरा कार्की भन्दा क्षमतावान र समक्ष नेताका रुपमा नगरकासीले कल्पनालाई लिएका छन् । किन भने उम्मेदवारीमा सहमति नजुटेपछि भएको मतदानमा ५२ मत ल्याएर कल्पना थापाको नाम एक नम्बरमा सिफारिस भएको हाे ।

कमला थापाले ३० मत, जौधरा आचार्यले ३३ र नामसरा कार्की ३४ मत मात्रै प्राप्त गरेपछि कल्पना प्रति नगरबासीको विश्वास आश पलाएको हो ।

कल्पनाको राजनीतिक यात्रा भने विद्यालयबाट शुरू भएको हो । दैलेख जिल्लाको साविक कासिकाँध गाविसमा जन्मिएकी हुन् । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट कक्षा सातमा पढ्दै गर्दा १२ वर्षको उमेरमा पहिलो पट्क संगठनको सदस्यता लगेकी हुन् ।

त्यती बेलाको समयमा थापा दैलेखको नारायण नगरपालिकामा रहेको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारमा कक्षा सातमा अध्ययनरत थिइन् ।

सानै उमेरबाट राजनीतिमा होमिएकीथापा संगठनलाई विस्तार गर्नका लागि गाउँ–गाउँ समेत पुगिन् । उक्त समयमा दैलेख जिल्लाका सबै ठाउँमा पुगेर थुर्पै संगठन विस्तार गरेको थापाले बताईन् ।

उनले भनिन्, ‘संगठन विस्तारका लागि टोल अर्थात् विद्यालयमा पुग्न दुई÷तीन दिन हिँड्नु पर्ने हुन्थ्यो । फोन हुँदैन् थियो । सवारी साधन नहुँदा गाउँ–गाउँमा संगठन विस्तारमा पुग्नका लागि कयौं घण्टा भोक–भोकै हिड्यौं ।

गाउँमा कहाँ बस्ने के खाने जस्ता समस्या आइरहन्थ्ये । दैलेखका पश्चिम विशाला, लकान्द्र, पिपलकोट, सिंहासैन, छेपाडी, राकमकर्णाली लगायतका दुर्गम क्षेत्रमा पनि भोक÷तिर्खा, रात÷दिन नभनेर संगठन विस्तार गरेका यादहरु अझै पनि ताजै छन् ।’

यस्तै, कल्पनाले आफ्नै घरमा दाईसँग भने राजनीतिमा कडा प्रतिस्पर्धा लागि टकराव समेत चल्ने गरेको विगत सुनाइन् । घरको माइलो दाई नेपाल विद्यार्थी संगठन र बहिनी अखिल तिर हुँदा घरभित्रैबाट राजनीति शुरू भयो । यसले गर्दा आफुलाई नेतृत्वमा पुग्न थप बल पुगेको थापा बताउँछिन् ।

थापाका अनुसार घर परिवारबाट दाईहरु र बुबा÷आमाले राजनीतिमा नलाग्न सुझाव पनि नदिएका हैनन् । तर, एउटै घरमा फरक–फरक राजनीतिक दलको संगठनबाट राजनीति गर्ने भएपछि कल्पनालाई थप बलियो आधार नै घर बन्यो । थापा सुनाउँछिन्, ‘मेरो माइलो दाई खेमराज थापा नेवि संघको नेता हुनुहुन्थ्यो, अनी म यताको त्यसैले हाम्रो राजनीतिको पाठ सिक्ने वातावरणको आधारनै घर बन्यो । दाईले समाज, विद्यालय लगायतका स्थानमा गरिने विभिध विषयबस्तुहरू बुझ्न र काम गर्न सजिलो भयो ।’

विद्यालयमा पढ्दा दाजुबहिनीबीच विवाद

कल्पना र उनका दाई एउटै विद्यालयमा अध्ययनरत हुँदा पनि बेला–बेला विवाद हुने गर्दथ्यो । कल्पना सम्झिन्छिन्, ‘त्रिभुवन मा.वि कक्षा १० मा पढ्दै गर्दा १५ वर्षकी थिए । विद्यालयको व्यवस्थापनका विषयमा लियर आन्दोलन भएको थियो । विद्यालय व्यवस्थापन र अखिलका विद्यार्थीबीच बार्ताका लागि बैठक बस्दै गर्दा दाई कति जान्ने भएकी, कति बोलेको भन्दै एक थपड हिर्काउँनु भयो ।’

कल्पनाले थपिन्, ‘दाई चाँही नेविसंघको तर्फबाट हुनुहुन्थ्यो । म अखिलको तर्फबाट थिए । अर्को पट्कको हाम्रो संगठनको बैठकमा पनि कति राजनीतिक गर्छस् भन्दै कुट्नु भयो तर, मैले आफ्नो यात्रा निरन्तर बढाए ।’

थापाले दाईले राम्रैको लागि हिर्काउँनु भएको कुरालाई मनन गर्दै आमाको साथ र सहयोगबाट थप राजनीतिक यात्रालाई अगाडी बढेको बताईन् । उनले भनिन्, ‘आमाले छोरीको इच्छा हामीले मार्नु हुन्न, उसको अधिकारको कुरा हो । उसको स्वतन्त्रताको कुरा हो । छोरी राजनीतिमै खुसी छिन् भने हामीले रोक्नु हुन्न भनेपछि मलाई थप सहज भयो ।’

त्यसपछि विद्यार्थी राजनीतिमा निरन्तर

थापा साविकको भेरी अञ्चलबाट संगठनको केन्द्रीय सदस्य हुने महिला मध्ये दोस्रो नम्बरमा पर्छिन् । भूगोलका आधारमा कोठा छुटाउँदा पनि भेगीय हिसाबले कोठानै पर्दैन थियो । तर, पनि थापा भेरी अञ्चलबाट महिलाबाट २०६७ सालमा चुनाव लडेरनै केन्द्रीय सदस्य जितेकी हुन् । त्यतीबेलाको समयमा केन्द्रीय सदस्यमा पनि १०५ सदस्यीयको संगठन विस्तार हुने गर्दथ्यो । उक्त टिममा पर्न पनि निकै समस्या हुनुपथ्यो । धेरैनै मेहनत चाहिन्थ्यो ।

अनेरास्ववियुले २०६५ सालमा बाँकेको नेपालगञ्जमा आयोजना गरेको कार्याक्रमको लागि दैलेखबाट हिँडेर नै सुर्खेत झरेको थापाले बताइन् । उनले भनिनु, ‘असार÷साउनको महिना भएकोले गर्मी बढेको थियो । दैलेखमा गाडी पनि जादैन थिए । पानीमा भिज्दै आएकोले मलेरिया समेत भएर तीन महिनै बेडमै थला परे । त्यसको हानी अँझै पनि छ ।’

थापा २०६७ मा पहिलो पट्क संगठनको केन्द्रीय सदस्य भएकी हुन् । त्यसपछि २०७० साल असोज महिना काठमाडौंमा भएको अनेरास्ववियुको महाअधिवेशनबाट पनि पुन केन्द्रीय सदस्य नै भइन् । त्यसपछि २०७२ साल माघमा भएको अधिवेशनबाट सचिवालय सदस्य हुँदै स्थायी कमिटि सदस्यबाट विद्यार्थी राजनीतिमा विट मार्दै हाल पार्टीमै आवद्ध भएकी छिन् भने नेकपा एमाले जिल्ला कमिटि सदस्य समेत रहेकी छिन् ।

यस्ता छन्, एजेण्डा

कल्पनाले एक नम्बरमा नाम सिफारिस भएसँगै विशेष गरी नगरपालिकामा महिलाका लागि विशेष प्रकारका काम गर्ने आफ्ना मुख्य एजेण्डा रहेको बताएकी छिइन् ।

उनले भनिन्, ‘नगरपालिकामा दिदीबहिनीहरुले साह्रै दुःख पाएका छन् । अझैसम्म चुलो चौको छुटेको छैन् । अब स्थानीय सरकारलाई पनि राज्यले पूर्ण अधिकार दिएको छ । आफ्नो गाउँपालिका र आफ्नो ठाउँको समस्याको बारेमा कानून बनाउँन समेत अधिकार दिएको छ । त्यसैमा रहेर मैले काम गर्ने योजना बनाएकी छु ।’

थापाले थपिन्, ‘उप–मेयरमा जितेपछि गाउँघरमा घेरेलु हिंसामा परेका महिला दिदीबहिनीहरुको न्याय निरुपण अँझै भएको छैन््, नगरपालिकाको एक नम्बर वडादेखि ९ नम्बर वडासम्मका हरेक घरमा भएका महिला दिदीबहिनीका लागि लक्षित कार्यक्रमहरु आएनका छैनन््, डोको, नाम्लो र चुलो, चौको छुटाउँने खालका योजनाहरु बनेका छैनन् । यि र यस्ता विषयमा उनिहरुको अधिकारहरु पूरा गर्नका लागि मेरो महत्पूण भूमिका रहने छ ।’

याे पनि 

यस्ता छन्, आठबिसको उप–मेयरमा सिफारिस उम्मेदवार थापाका चुनावी प्रतिबद्धता

तपाईको प्रतिक्रिया