कर्णालीकाे गठबन्धनमा सुर्खेत, कालिकोट र रुकुममा अँझै भएन सहमति

सुर्खेत। कर्णाली प्रदेशमा सत्तारुढ पाँच दलबीच कर्णालीका ७९ पालिका अहिलेसम्म भागबन्डा मिल्न सकेको छैन । २०७४ सालमा जसले जहाँ जितेको हो, त्यहाँ लिने र एमालेले जितेका २२ पालिकामा भागबन्डा गर्ने भन्ने केन्द्रको निर्देशन भए पनि कर्णालीमा सुर्खेत र दैलेखमा माओवादी शून्य हुने अवस्था र रुकुम, कालिकोटलगायतका जिल्लामा कांग्रेस शून्य हुने अवस्थाले दलहरुबीच भागबन्डामा कुरा नमिलेकाे हाे ।

कांग्रेस स्रोतका अनुसार कर्णालीका रुकुम, पश्चिम, सुर्खेत र कालिकोटमा भागबन्डा कसरी गर्ने भन्ने विवाद कायमै रहेको छ। नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजीत शाहीले सहमतिको प्रयास जारी रहेको बताए । उनले कालिकोटमा १८ मध्ये ७ पद अर्थात तीन पालिका प्रमुख र ४ उपप्रमुख कांग्रेसले माग गरेको बताए । यहाँ समाजवादीले पनि ४ पद माग गरेको उनको भनाइ छ । तर, नेकपा माओवादीले भने आफूसँग बहुमत प्रमुख पद राख्न खोजेको छ । यहाँ नौ पालिका छन् ।

उनका अनुसार रुकुम पश्चिममा कांग्रेसले एक नगरपालिका, एक गाउँपालिकालगायत चार पद माग गरेको छ । रुकुममा रहेका ६ पालिकामा २०७४ सालको निर्वाचनमा माओवादीले जीत हात पारेको थियो । यस्तै सुर्खेतमा माओवादीले कम्तिमा पनि तीन पालिका पाउनुपर्ने अडान कायम राखेको छ भने समाजवादीले पनि एक पालिकामा दाबी गरेको छ । तर, कांग्रेसले एक्लै चुनाव लड्दा आफूले नौमध्ये ६ पालिका जितेको भन्दै एमालेले जितेका पालिकाबोहक अन्यत्र दिन नसकिने अडान लिएको छ ।

तपाईको प्रतिक्रिया