प्रदेश अध्यक्ष शाहले आफ्नै श्रीमतीलाई बनाए ठाटीकाँधकाे अध्यक्ष पदकाे उम्मेदवार

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले आफ्नै श्रीमतीलाई दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएका छन् । वीरेन्द्रनगरमा दुई दिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमति लक्ष्मीदेवी शाहलाई अध्यक्ष पदकाे उम्मेदवार बनाएका हुन् ।

यस्तै, उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाइएकाे छ । यसअघि एमालेबाट ठाँटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए । तर, एमाले प्रदेश अध्यक्ष शाह पालिकामै बसेर श्रीमतीलाई अध्यक्षका लागि लविङ्ग गरे पनि अध्यक्षको उम्मेदवार बनाउँन सफल भएका थिएनन् ।

 पालिकामा कुनै पनि उम्मेदवारको सिफारिस हुन नसकेपछि ६ वटै आकाँक्षीहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा झरेका थिए । तर आफ्नाे नाम समावेश नभएपछि आफुहरु नेतृत्वप्रति रुष्ट बनेकाे एक उम्मेद्वारका आकाँक्षीले बताए ।

याे पनि

ठाँटीकाँधमा एमालेलाई उम्मेद्वार छान्नै धाै : श्रीमतीलाई अध्यक्षकाे उम्मेद्वार बनाउने लविङ्गमा प्रदेश अध्यक्ष 

तपाईको प्रतिक्रिया